image
image

साढे २४ अंक घट्यो नेप्से

काठमाडौँ, १९, मंसिर । साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजार दोहोरो अंकले घटेको छ । 

अघिल्ला दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने साढे २४ अंक घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ विन्दुमा झरेको छ। 

यस दिन २४० स्टकको २६ हजार ४७५ पटकको कारोबारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २०२ स्टकको मूल्य घटेको छ भने २७ स्टकको मूल्य बढेको छ।

शेयरमूल्य बढेका २७ स्टकको मूल्य वृद्धिदर भने न्यून रहेको छ। यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३।१२ प्रतिशत बढेको छ। जुन अन्य स्टकको मूल्य वृद्धिदरभन्दा बढी हो। कारोबारमा आएको अजोड इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ७।३७ प्रतिशत घटेको छ। त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २० करोड २३ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २।३७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २।२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।