image
image

सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने

काठमाडौँ, २०, मंसिर । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबार (आज)बाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ । 

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ। कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले सेयर पाउने छन्। यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयर जारीगर्ने छ। यसको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ। कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ। यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।