image
image

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौँ, २०, मंसिर । पछिल्लो ५ दिनदेखि उकालो लागेको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।