image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २०, मंसिर । गत आइतबारदेखि स्थिर रहेको अमेरिकी डलर मंगलबार भने बढेको छ।आज अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ पनि बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १३१ रुपैयाँ १७ पैसा कायम गरिएको छ। 

सोमबार अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ८२ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ४२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७५ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३७ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३८ रुपैयाँ ५० पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसा बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४१ पैसा र बिक्रीदर १६१ रुपैयाँ १५ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३० रुपैयाँ २ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९३ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।