image
image

शेयर बजारमा सामान्य अंकको गिरावट, १ अर्ब भन्दा कमको शेयर कारोबार

काठमाडौँ, २०, मंसिर । साताको तेस्रो कारोबारको दिन ( मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको भएको छ । यस दिन नेप्से सूचक ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको छ। 

यस दिन कारोबार रकम भने घटेको छ। सोमबार १ अर्ब ६७ करोड रुपैयाँको शेयर खरिद बिक्री भएकोमा मंगलबार १ अर्ब रुपैयाँ भन्दा कमको शेयर खरिदबिक्री भएको छ। यस दिन ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन धौलागिरि लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.१७ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ५.८६ प्रतिशत,हिमालयन बैंकको ४.१५ प्रतिशत र खप्तड लघुवित्तको शेयरमूल्य ४.०१ प्रतिशतले बढेको छ। यता मंगलबार नगद लाभांश मात्रै दिने घोषणा गरेको एनएमबि बैंकको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ भने रिभर फल्स हाइड्रोपावर र पञ्चकन्या हाइड्रोपावरको पनि शेयरमूल्यउ उच्च दरमा घटेको छ।

मंगलबार उच्च शेयर कारोबार हुनेमा शिवम् सिमेन्ट,हिमालयन डिस्टिलरी, रिडि र नविल बैक रहेका छन्। कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक बढेको छ भने बाँकी १० उपसमूहको सूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।