सिद्धार्थ बैंकको लाभांश घोषणा
काठमाडौँ, २१, मंसिर । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ वर्षको मुनाफाबाट १३.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ बराबरको बोनस सेयर र ०.६६ प्रतिशतले हुन आउने८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैंकले जनाएको छ।










