image
image

घट्यो सेयर बजार, लाग्यो १६.६१ अंकले ओरालो

काठमाडौँ, २१, मंसिर । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ।  सेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ।  मंलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो । 

बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सानीमा शीर्ष स्थानमा छ। यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिभम् सिमेन्ट र तेस्रोमा नविल बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। कारोबारमा खप्तड लघुवित्त वित्तिय संस्था ६.०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५.१५ प्रतिशतले बढेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।