image
image

डलरकाे भाउ ओरालो, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ, २२, मंसिर ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर ६ पैसाले ओरालो लागेर एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको को छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ४९ पैसा रहेको थियो । 

युरोपियन युरोमा ६३ पैसाले ओरालो लागेर एकको खरिददर १३८ रुपैया २ पैसा  बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा कायम छ ।  बुधबार भने युरोपियन युरो  एकको खरिददर १३८ रुपैया ४४पैसा  बिक्रीदर १३९ रुपैयाँ ७  पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरको खरिदर  ८७ रुपैयाँ ९५ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ३५ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ । क्यानेडियन डलर ४३ पैसाले ओरालो लागेर सोको खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा  कायम रहेको छ ।

अघिल्लो दिन क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा र बिक्री दर ९७ रुपैयाँ ३४ पैसा रहेको थियो।

सिंगापुर डलर ४५ पैसाले घटेर सोको खरिद दर  ९६  रुपैयाँ ८४ पैसा र बिक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको छ। बुधबार भने सिंगापुर डलरको खरिद दर  ९७  रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६३ पैसा रहेको थियो ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५८  पैसा र बिक्रीमा ९ रुपैयाँ ६२ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ २० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।