image
image

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ, २३, मंसिर ।  शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। सात महिनापछि सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ तोकेको छ। यस अघि गत वैशाख १२ गते, छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो। 

बिहीबार छापावाल सुन ९९ हजार ७०० रुपैयाँ कारोबार भएको थियो । 

सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।