image
image

आयोजना प्रभावित र श्रमिकले भर्न पाउने माया खोला हाइड्रोको आईपियो आजदेखि

काठमाडौँ, २३, मंसिर । माया खोला हाइड्रोपावर लिमिटेडले आज मंसिर २३ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ ।  

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई  २ लाख ४० हजार कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।  

कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपीओ निष्काशन गरेको हो । 

उक्त कम्पनीको आईपीओमा स्थानीयहरुले छिटोमा पुस ८ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाली श्रमिकले भने पुस ८ गतेसम्म मात्र आवेदन दिन पाउने छन् । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९,  धर्मदेवी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता र प्रभवित क्षेत्रको रुपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो ।   

नेपाली श्रमिकहरुका लागि २ लाख ४० हजार कित्ता आईपीओ छुट्याइएको छ । कम्पनीले संखुवासभामा १४.९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।