image
image

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य सूची

काठमाडौँ, २५, मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २९० रूपैयाँ, हरियो अंगुर १९० रूपैयाँ रहेको जनाएको छ ।

अदुवा र नेपाली ठूलो गोलभेँडा ५५ रूपैयाँ, अनार २९० रूपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रूपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ४६ रूपैयाँ ४० पैसा, उखु प्रतिवटा ८५ रूपैयाँ, स्थानीय काउली ३० रूपैयाँ, कागती १०५ रूपैयाँ, किवी १८३ रूपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २८३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको समितिले जनाएको छ । 

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्द्रुक ३२५ रूपैयाँ, टनेल गोलभेँडा ३३ रूपैयाँ, राजमा घिउ सिमी ११५ रूपैयाँ, घिरौँला ८६ रूपैयाँ ६७ पैसा, चम्सुरको साग १०६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रूपैयाँ, डल्ले च्याउ ३२५ रूपैयाँ, तितो करेला ६६ रूपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपिया ६७ पैसा,  लोकल परवर ५६ रूपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५१ रूपैयाँ र हरियो धनिया ११३ रुपैयाँ ३३ पैसा कायम रहेको  समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।