image
image

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ, २६, मंसिर । साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १६.९५ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार रकम भने केहि बढेको छ। सोमबार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर कारोबार भएको छ।

सोमबार सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नेपाल दुरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ।

यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशत र अजोड इन्स्योरेन्सको १.९५ प्रतिशतले घटेको छ।

यस दिन नबिल बैंकको सबैभन्दा धेरै २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टको ६ करोड २१ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाख र एनआइसी एशिया बैंकको ४ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमा बैंकिङ्ग बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।