image
image

पुस महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने

काठमाडौँ, २७, मंसिर । पुस महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन्।

नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको हो । 

बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरुलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो। यद्यपि, बैंकहरुले पुस महिनको लागि पनि ब्याजदर घटाउने निर्णय गरेका छैनन्।

मंसिर महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेप (व्यक्तिगत) मा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएकोमा पुस महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।