image
image

तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबारमा

काठमाडौँ, २७, मंसिर । आज तीन कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । 

नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको हो। यी तीनै कम्पनीको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन्। 

नेप्सेमा इस्र्टन हाइड्रोपावरको कुल ६२ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, सर्वसाधारणको ६ लाख २० हजार र स्थानीयको ६ लाख २० हजार कित्ता छन्। 

यो कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ७२।३३ रुपैयाँदेखि अधिकतममा २१६.९९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यसैगरी नेप्सेमा पिपुल्स हाइड्रोपावरको कुल ३ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ४० लाख कित्ता, सर्वसाधारणको ४८ लाख कित्ता र स्थानीयको ३२ लाख कित्ता छन्। 

यो कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

त्यस्तै नेप्सेमा श्रृजनशील लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ लाख कित्ता र  सर्वसाधारणको ९ लाख ९३ हजार ७५० कित्ता छन्। 

यो लघुवित्तलाई नेप्सेले ‘एसएचएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ३०२ रुपैयाँदेखि अधिकतममा ९०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।