image
image

नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत २ अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौँ, मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले  निष्कासन गर्न लागेको सो ऋणपत्रमा मंसिर २७ गते मंगलबार अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने कम्पनीहरूले  बोलकबोल अनलाइनबाटै पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

साथै, विकास ऋणपत्र २०८२ ‘छ’ नामक ऋणपत्रको ३ वर्षको अवधि रहनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सर्वसाधारण नागरिक तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।

यहि मंसिर २८ गते ऋणपत्र निष्काशन र साँवा भुक्तानी गरिनेछ । यसको व्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ र आर्जित व्याजमा व्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । सहभागीहरूले प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा रहेर ऋणपत्र बिक्री गर्न सक्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १.७ अर्ब र ३ करोड रुपैयाँ छुट्याइएको छ । व्याजदरलाई बोलकबोलले कबोल गरेको सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिनेछ ।

साथै रकममा भएको कटअफ व्याजदरलाई एकल व्याजदरमा कायम गरिने र व्याजदरभन्दा तल सबै बोलवालाहरुलाई एकल व्याजदरमा ऋणपत्र प्रदान गरिनेछ । यस बैंकबाट इजाजतपत्र प्राप्त भएका (क,ख र ग) वर्गका बैंक तथा वित्तिय संस्थाले अप्रतिस्पर्धीको रुपमा भग लिन पाउने छैन्न ।

ऋणपत्र घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।