image
image

१० करोड लगानीमा विराटनगरमा खुल्यो हाजी आँखा अस्पताल

काठमाडौं / देशमा आर्थिक मन्दी र बैंकमा लगानीयोग्य रकम अभाव भएको अवस्थामा यहाँको वडा १४ मा १० करोड रूपैयाँ लगानीमा हाजी आँखा अस्पताल सोमबारदेखि सञ्चालन आएको छ ।

अस्पतालको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले गरेपछि सो अस्पताल सञ्चालनमा आएको हो।

सो अस्पतालमा जसपाका नेता तेजलाल कर्णसहित १० परिवारसहितको १० करोड रूपैयाँ लगानीमा शुरु गरिएको छ । अस्पताल भारतीय सीमा नजिकै रानीमा खोलिएको छ ।

सीमा नजिक अस्पताल खोलिएका कारण भारतीय नागरिकहरूले समेत सेवा लिन पाउने छन् ।

५० शय्याको सो अस्पतालमा आँखाका दुईजना विशेषज्ञ चिकित्सक र ५० जना कर्मचारी रहने सञ्चालक तेजलाल कर्णले बताए । उनले सो अस्पताल प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वीकृत लिएर सञ्चालनमा ल्याएको जानकारी दिए । केही समयपछि यो अस्पताल ५ सय शैय्यामा बिस्तार हुने उनको दाबी छ ।

अस्पतालमा कोरिया र इटलीमा निर्मित अत्यधुनिक स्वचालित उपकरणहरूको सहयोगबाट आँखाको सम्पूर्ण उपचार गरिने लक्ष्य लिएको अस्पतालकका सञ्चालक शैलेन्द्र महतोले बताए ।

अस्पताल उद्घटनका क्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले अस्पतालमा सर्वसुलभ र गुणस्तरीय सेवा दिन सुझाव दिए ।

सो क्षेत्रमा यसअघिनै विराटनगर र विराट गरी दुईवटा आँखा अस्पताल खोलिएका छन् । त्यस्तै विराटनगरको मुख्य ठाउँ गोल्छा मार्ग र बञ्जरा चोकमा पनि दुईवटा आँखा अस्पताल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।