image
image

विदेशी सञ्चिति बढ्यो

काठमाडौँ, १, पुष । देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको चार महिनामा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत कात्तिक मसान्तमा एक प्रतिशतले वृद्धि भई नौ अर्ब ६३ करोड कायम भएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत कात्तिक मसान्तमा तीन दशमलव तीन प्रतिशतले वृद्धि भई रु १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ । 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत कात्तिक मसान्तमा दुई दशमलव सात प्रतिशतले कमी आई रु एक खर्ब ५५ अर्ब पाँच करोड कायम भएको छ । गत कात्तिक मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव पाँच प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता रु ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब २० अर्ब ९१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १८ दशमलव एक प्रतिशतले वृद्धि भई रु दुई अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ४३ करोड आएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु दुई अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ६३ करोड प्राप्त भएको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।