image
image

शुक्रबार सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ, १, पुस । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।