image
image

न्युजिल्याण्डमा नेपालीको संख्या बढ्दै, २६९४ नेपालीहरुले पाए आवासीय भिसा

काठमाडौँ, १, पुस । न्युजिल्याण्डमा नेपालीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । यो वर्ष न्युजिल्याण्डकै इतिहासमा पहिलो पटक २६९४ नेपालीहरुले आवासीय भिसा प्राप्त गरेका छन् । अघिल्लो वर्ष यस्तो भिसा प्राप्त गर्ने नेपालीको संख्या ११७९ जना रहेको थियो ।

 न्युजिल्याण्डको आप्रवास विभागले जारी गरेको तथ्यांक अनुसार  यो वर्ष १५८ देशका कुल १ लाख ४२ हजार ९२९ जना विदेशी निवेदकहरुलाई आप्रवास भिसा प्रदान गरिएको छ भने ५१८७ जना निवेदकहरुको निवेदन बदर भएको छ। 

१५८ देशका नागरिकहरुले आप्रवास भिसाको लागि निवेदन हालेको भएतापनि ११ देशका नागरिकहरुले आवासीय भिसा प्राप्त गर्न सकेनन्। ३ जनाले मात्र आवासीय भिसा प्राप्त गरेका १३ वटा देशका नागरिकहरु छन् भने ६ जना मात्रको आवासीय भिसा स्वीकृत भएका १० वटा देशहरु छन्। मंगोलिया लगायत १० देशका नागरिकहरुको भाग्यमा १२ जनाको आप्रवास भिसा हात परेको तथ्यांकमा उल्लेख छ । 

आवासीय भिसा प्राप्त गर्ने ब्यक्तिहरु मध्ये तालिकाको अग्र पंक्तिमा भारतीयहरु रहेका छन् ।  जसको संख्या ३७ हजार ६८ रहेकोछ। दोश्रोमा फिलिपिन्स रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।