image
image

नेप्से परिसूचक २७ अंकले घट्यो, १ अर्ब १५ करोड बराबरको कारोबार

काठमाडौँ, ३, पुस । सेयर बजार परिसूचक नेप्से थप २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज २.८८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.०६ प्रतिशतले र अन्य समूहको उपसूचक २.१९ प्रतिशतले घटेको छ । 

यस्तै बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । बजारमा आज १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ । 

आज सबैभन्दा बढी कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार ४३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी इस्टर्न हाइड्रोपावर लिमिटेडका सेयरधनीले ९.९९ प्रतिशतले कमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।