image
image

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेटको कति ?

काठमाडौँ, ३, पुस । अण्डाको मूल्य बढ्न थालेको छ। बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य एक क्रेटको रु.३६० तय गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघको बैठकले बिक्री मूल्य तय गरेको हो।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु.३०० मा बिक्री हुँदै आएको थियो। संघका अध्यक्ष विनोद पोख्रेलले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु. ३० हुँदा अण्डा प्रतिक्रेट रु. ३०० मा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो रु. ६५ पर्दा अण्डाको मूल्य उस्तै छ।’

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको पोख्रेलको भनाइ छ। एक वर्ष ६ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु.४०५ पुगेर एकोहोरो ओरालो लागेको हो। त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु. १६ रहेको थियो। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।