image
image

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ, ४, पुस  । आज सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरण अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ । त्यस्तै, अम्बा १५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ४९ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ९८ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३१० रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ ४०, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ ताेकिएकाे छ ।  चम्सुरको साग ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।