image
image

शेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ, ४, पुस  । साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजार सामान्य अंकले बढेको छ । पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज भने बढेको हो।

यस दिन नेप्से परिसूचक १.१५ अंक बढेर १८५८.८९ विन्दुमा पुगेको छ। 

नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब भन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५१ स्टकको ३० हजार ५४५ पटकको कारोबारमा ८८ करोड ६० लाख ९८ हजार रुपैयाँ बराबरको २६ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ४९ रुपैयाँ ६० पैसा बढेर ५४५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिवाईसी लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९७ प्रतिशत घटेको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य ७.१२ प्रतिशत घटेको छ भने फरवार्ड माइक्रोफाइनान्स र पिपुल्स पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन फरवार्ड माइक्रोफाइनान्सको करिब साढे ५ करोडको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचकको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।