तोलामा १०० ले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै कारोबार ?
काठमाडौँ, ५, पुस । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाला सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।









