प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से
काठमाडौँ, ६, पुस । साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.२२ अंक बढेर १८७३.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७३ अंक बढेर १८७४.०९ विन्दुमा पुगेको हो।
बुधबार प्रि ओपन सेसनमा ९ स्टकको १० लाख ४० हजार १७९ रुपैयाँ बराबरको १ हजार ६३८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ।









