बुधबार तोलामा ८०० रुपैंयाले बढ्यो सुनको मूल्य
काठमाडौँ, ६, पुस ।बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ७०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको मूल्य तोलामा १ रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाला सुन १ लाख ४०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।









