image
image

पछिल्ला दुई कारोबार दिन बढेको शेयर बजार आज फेरि घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौँ, ६, पुस । पछिल्ला दुई कारोबार दिन बढेको बजार शेयर आज (बुधबार) फेरि घटेको छ । 

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.८९ अंक घटेर १८६७.२२ विन्दुमा झरेको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९३ करोडभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २५२ स्टकको २० हजार ४३३ पटकको कारोबारमा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको २४ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बजार घटेपनि आज दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आँधीखोला लघुवित्तको शेयरमूल्य यस दिन १५० रुपैयाँ ७० पैसा बढेर १ हजार ६५७ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने श्रृजनशील लघुवित्तको शेयरमूल्य ९९ रुपैयाँ ६० पैसा बढेर १ हजार ९६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको यस बैंकको यस दिन ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको करिब ४ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।