image
image

लगातार बढ्दै सुनचाँदीको मुल्य, कतिमा हुँदै कारोबार ?

काठमाडौँ, ७, पुस । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुन र चाँदीकै मूल्य बढेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रूपैयाँ कायम थियो ।

पछिल्लो समय सुनको मूल्यमा भारी वृद्धि देखिँदै आएको छ । यही महिनाको पहिलो दिन तोलामा ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य यतिबेला १ लाख १५ सय रूपैयाँ पुगिसकेको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय रूपैयाँ थियो । जुन, आज बढेर १४ सय ५ रूपैयाँ पुगेको हो । यो महिनाको पहिलो दिन चाँदीको मूल्य तोलामा १३ सय ७० रूपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।