image
image

सेयर बजार १३.२९ अंकको गिरावट

काठमाडौँ, ७, पुस । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १३.२९ अंकले ओरालो लागी १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ ।बुधबार पनि सेयर बजार ५.८९ अंकले ओरालो लागेको थियो ।

आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच भएको र आज एक अर्ब ८ करोड ३९ लाखभन्दा बढीको सेयर किनबेच भएको छ । यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक धेरै भएको छ । सो कम्पनीको १४ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । एनआइसी एसिया बैंकको ५ करोडभन्दा बढीको कारोबार भएको छ ।

यता, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । आज १३ वटा उपसूचकहरुमध्ये तीन कम्पनीको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य सूचकको २ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचक राताम्मै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।