image
image

पाँच महिनामा नेपालको व्यापार घाटा ६ खर्ब

काठमाडौँ, ८, पुस । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार साउनदेखि मंसिरसम्ममा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको देखाउँछ ।

गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो ।

नेपालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनमा यो वर्ष २०.७१ प्रतिशतले आयात घटेको तथ्याङ्कले उल्लेख गर्छ ।

त्यसैगरी, पाँच महिनाको अवधिमा ३४.६१ प्रतिशतले निर्यात घटेको छ । गत वर्ष नेपालले पाँच महिनाको अवधिमा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

त्यस्तै, नेपालले पाँच महिनाको अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा यो वर्ष २२.२३ प्रतिशतले घटेको छ ।

साथै, नेपालले पाँच महिनाको अवधिमा आयातित वस्तुबाट १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।