image
image

घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार ?

काठमाडौँ, ८, पुस । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन एकैदिन एक हजार दुई सय रुपैयाँले घटेको हो ।

जसअनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन तोलामा एक लाख एक हजार पाँच सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय तोकिएको छ।

यस्तै आज चाँदीको मूल्य पनि रु १५ ले घटेको छ। चाँदी आज प्रतितोला रु एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।