image
image

पाँच महिनामा वैदेशिक ऋण लक्ष्यको ३६ प्रतिशत मात्र सम्झौता

काठमाडौँ, ११, पुस । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा वैदेशिक ऋण ८७ अर्ब ४९ करोड रुपैयाँको सम्झौता भएको छ । विभिन्न मुलुकसँग अर्थ मन्त्रालयले पाँच महिनाको अवधिमा सहुलियत पूर्ण ऋण सम्झौता गरेको हो । सरकारले गरेको उक्त सम्झौता चालु आर्थिक वर्षमा लिने भनेको ऋणको ३६.११ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा दुई खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ ।

तर, सरकारले राखेको लक्ष्य अनुसार कुनै पनि वर्ष वैदेशिक ऋण प्राप्त हुन सकेको छैन । गत आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब ९ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेको सरकारले उक्त वर्ष लक्ष्यको ५१ प्रतिशत मात्र ऋण सम्झौता गरहेको थियो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा एक खर्ब ४४ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक ऋण सम्झौता भएको हो ।

पाँच महिनाको अवधिमा सबैभन्दा बढी ऋण सम्झौता विश्व बैंकसँग भएको छ । उक्त अवधिमा ६५ अर्ब ५० करोड रुपैयाँ ऋण सम्झौता भएको छ । त्यस्तै दोस्रोमा जापानसँग १४ अर्ब २० करोड रुपैयाँ ऋण सम्झौता भएको छ । त्यस्तै एशियन डेभलपमेन्ट बैंकसँग ७ अर्ब ७९ करोड रुपैयाँ ऋण सम्झौता भएको छ ।

पछिल्लो पाँच महिनामा २१ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायतामा हस्ताक्षर भएको अर्थमन्त्रालयले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।