image
image

मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ, ११, पुस । मादमे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि पुस २९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजार, काटमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

कम्पनीको सञ्चालक समितिमा एक जना अनिवार्य महिला सदस्य रहने गरी कम्पनीको नियमावली संशोधन गर्ने विषय पनि सभाका लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।