image
image

मंसिर महिनामा करिब ८५ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ, ११, पुस ।  मंसिर महिनामा करिब ८५ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार मंसिर महिनामा १६ वटा उद्योग दर्ता गरी ८४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएको हो ।

मंसिरमा महिनामा साना उद्योगबाहेक मध्यम र ठूलामा लगानी प्रतिबद्धता जनाएका छैन्् । सो अवधिमा पर्यटकनमूलक ८ वटा, सेवामूलक ६ वटा र उत्पादनमूलक २ वटा उद्योग दर्ता गरेका छन् । उक्त दर्ता भएको उद्योगबाट ६९४ जनाले रोजगारी पाउनेछन् ।

त्यस्तै, मंसिर महिनामा उद्योग विभागबाट १९ जना प्रतिनिधि र ४० जनालाई आश्रित भिसा सिफारिस गरेका छन् ।

त्यसैगरी, सुरुदेखि अहिलेसम्म नेपालमा ५ हजार ६४४ वटा वैदेशिक लगानीमा उद्योग दर्ता भएका छन् । जसमा ४ हजार ६९९ वटा साना, ६२२ वटा मझौला र ३२३ वटा ठूला उद्योगमा लगानी गरेका छन् ।

उक्त उद्योगबाट ४ खर्ब ३१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।