image
image

शेयर बजारमा हरियाली, ५६ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि

काठमाडौँ, ११, पुस । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । 

अन्यबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५० वटा कम्पनीकाे ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज गुराँस फाइनान्स, रिलायन्स फाइनान्स, धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रो, विन्ध्यवासिनी हाइड्रो, अरुण भ्याली हाइड्रो, युनियन हाइड्रो, हिमालयन एभरेस्ट इन्सुरेन्स र समृद्धि फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । समग्रमा बजार हरियाली भए पनि नेपाल टेलिकमको शेयर साढे पाँच प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।