दुई हाइड्राको साढे ८३ करोडको आईपीओ आउँदै
काठमाडौँ, १२, पुस । दुई हाइड्रोपावर कम्पनीले साढे ८३ करोड बढीको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुस ७ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।
यसैक्रममा मकर जितुमायाले २२ करोड ८० लाख रुपियाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । आईपीओनिष्काशनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
यता सानिमा मिडिलले ८३ करोड ३१ लाख २५ हजार रुपियाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । आईपीओ निष्काशनका लागि कम्पनाीले यसअघि नै सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।









