image
image

विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले घट्यो

काठमाडौँ, १२, पुस । विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार आव २०७९ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तको तुलनामा १३.१ प्रतिशतले कमी आई रु.१२ खर्व १५ अर्ब ८० करोड कायम भएको हो ।

अघिल्लो वर्ष यस्तो सञ्चिति ०.२ प्रतिशतले कमी आई रु.१३ खर्व ९९ अर्ब ३ करोड कायम भएको थियो । अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले कमी आई रु.९ अर्ब ५४ करोड डलर कायम भएको छ । अघिल्लो वर्ष यस्तो सञ्चिति ०.९ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तको रु.१२ खर्व ४४ अर्ब ६३ करोडको तुलनामा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई रु.१० खर्व ५६ अर्ब ३९ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चितिको अंश ८६.९ प्रतिशत रहेको छ । त्यसैगरी, कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।