image
image

निक्षेप २० अर्ब १० करोडले थपिदा कर्जा प्रवाह ८० करोड मात्रै

काठमाडौँ, १३, पुस । एक साताको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप २० अर्ब १० करोड रुपैयाँले बढ्दा कर्जा लगानी ८० करोड मात्रै बढेको छ ।

संघीय निर्वाचनपछि प्रणालीमा पैसा फर्कन थालेपछि निक्षेप बढ्दै गएको बताइन्छ । निर्वाचनपछि पैसा प्रणालीमा फर्केर निक्षेप बढेको भएपनि कर्जा प्रवाह भने उल्लेख्य हुन सकेको छैन ।

पछिल्लो समय चर्को ब्याजदरका कारण बैंकिङ प्रणालीबाट प्रवाह हुने कर्जा न्युन रहेको छ । बैंकर्स संघका अनुसार एक साताको अवधिमा प्रणालीमा निक्षेप २० अर्ब १० करोड रुपैयाँले बढ्दा कर्जा प्रवाह भने ८० करोडको मात्रै भएको छ ।
संघका अनुसार पुस ८ गतेसम्म आइपुग्दा निक्षेप २० अर्ब १० करोड रुपैयाँले बढेर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । पुस १ गतेसम्म ४६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै कर्जा प्रवाह भने निक्षेप संकलनको तुलनामा न्यून देखिएको छ । एक साताको अवधिमा ८० करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । पुस १ गतेसम्म ४२ खर्ब २२ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा ८ गतेसम्म ८० अर्बले बढेर ४२ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

पुस ८ गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.०६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।