image
image

तेस्रो दिन नेप्सेमा ११ अंकको ब्रेक, सवा २ अर्बको कारोबार

काठमाडौँ, १३, पुस ।  गत सोमबार र मंगलबार लगातार ११५ अंकमाथिले बढेर १९ सय ८३ अंकमा उक्लिएको नेप्सेमा तेस्रो दिन ११ अंकको ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.८१ अंकले घट्दै १९ सय ७२ अंकमा झरेको हो । 

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७२ अंकले घट्दै ३८१.३२ अंकमा झर्न पुगेको छ । अघिल्लो दिन मंगलबार झण्डै ६० अंकले नेप्से बढेको थियो । समग्र नेप्से सूचकमा ब्रेक लागेसँगै आज यता कारोबार रकममा समेत गिरावट आएको छ । आज दोहोरो अंकले घटेको बजारमा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता सेयर किनबेच भएको छ । 

आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, हाइड्रोपावर, जीनव बीमा, म्युचुअल फन्ड, निर्जीवन बीमा समूह धनात्मक भएका छन् । 

आज सेन्ट्रल फाइनान्स को लि., प्रभू लाइफ इन्स्योरेन्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आधादर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतमाथिले वृद्धि हुन पुगेको छ । तर यता महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले भने आज ५.२० प्रतिशतले गुमाउन पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।