image
image

सेयर बजार २०२९ विन्दुमा उक्लियोे

काठमाडौँ, १४, पुस । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । बुधबार सेयर बजर ११.८१ अंकले घटेको थियो ।

बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । याे कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

हिमालय उर्जा विकास, सानीमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यता, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो ।२०८ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ ।

आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर ४.९२ र निर्जीवन बिमा ४.३९ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।