image
image

सुन्तलाबाट सात करोडको आम्दानी

काठमाडौँ, १८, पुस । पूर्वी नवलपरासीमा यो वर्ष सुन्तला उत्पादन बढेको छ । जेठ असारमा फूल खेल्ने समयमा पर्याप्त पानी परेका कारण उत्पादन बढी हुँदा करिब सात करोड रुपियाँको सुन्तला बिक्री भएको कृषकले बताएका छन् ।   

डाँडाझेरीका सुन्तला कृषक गुन्जबहादुर आलेमगरका अनुसार मौसमले समेत साथ दिएको र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको साथ पाएकाले पनि उत्पादन बढेको हो । यो वर्ष बुलिङटार र बौदीकाली गाउँपालिकाको पहाडी क्षेत्रमा सुन्तला उत्पादन राम्रो भएको हो । 

नवलपुरमा चार वर्ष पहिलेदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याइएको थियो । 

परियोजना प्रमुख विष्णुप्रसाद शर्माका अनुसार बुलिङटार गाउँपालिकाका छवटा वडा, बौदीकाली गाउँपालिकाका चारवटा वडा, देवचुली नगरपालिकाको वडा नं। ६, हुप्सेकोट गाउँपालिकाको वडा नं। ५ मा यो कार्यक्रममार्फत ५५० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ । परियोजनामार्फत किसानलाई बीउबिजन अनुदान, मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने गरेको उनले बताए। सो क्षेत्रमा गत वर्ष चार करोडको सुन्तला बिक्री भएको थियो । 

सुन्तला खेतीका लागि बौदीकाली र बुलिङटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रका रूपमा मानिन्छ । यसबाहेक धुर्कोट, रतनपुर र विनयी त्रिवेणीका केही वडामा पनि सुन्तला खेती राम्रो हुने गरेको पाईन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।