image
image

राष्ट्र बैंकसँग रहेको ५ करोड भारु खोस्टामा परिणत

काठमाडौँ, १९, पुस । भारतको सर्वोच्च अदालतले नोटबन्दीको निर्णय सही भएको फैसला गरेपछि नेपाल राष्ट्र बैंकसँग रहेको भारु ५ करोड (नेपाली ८ करोड) रुपैयाँ खोस्टामा परिणत भएको छ ।

सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी विरुद्धको मुद्दा किनारा लागेसँगै नेपाल राष्ट्र बैंकसँग रहेको भारु ५ करोड रुपैयाँ खोस्टामा परिणत भएको हो । राष्ट्र बैंकसँग भारु ५०० र १००० दरका ५ करोड रुपैयाँ बराबरको नोट नसाटिए पछि  उक्त नोट अब काम नलाग्ने भएको छ । अदालतले नै भारतीय सरकारको निर्णय सही भनेर फैसला गरिसकेको अवस्थामा नेपालमा भएको भारु काम नलाग्ने भएको छ ।

नोट साट्नकै लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकको संयुक्त टेक्निकल कोअर्डिनेसन कमिटीसमेत बनेको थियो । नेपालले भारु साट्न प्रधानमन्त्री स्तरबाटै पहल गरेको थियो तर धैरैपटक पत्राचार गर्दा समेत भारतले सुनुवाइ गरेन ।

प्रणाली भित्र ८ करोड देखिएपनि प्रणाली बाहिर अझै कैयौ भारतीय नोटहरु हुनसक्ने आंकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।