image
image

कालिन्चोक दर्शनको आइपीओ बुधबार बाँडफाँट हुने

काठमाडौँ, १९, पुस । कालिन्चोक दर्शनको आइपीओ बुधबाबार (पुस २० गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बुधबार दिउँसो ३.३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा तयारी गरिएको छ । यसको प्री–अलमेन्ट सोमबार सम्पन्न भइसकेको छ । कम्पनीले मंसिर १४ गतेबाट २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता र आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । 
 
जसमा वैदेशिक रोजगारीमा गएका ६ हजार ६११ जना नेपालीले ११ लाख ६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यस्तै, आयोजना प्रभावित १५ हजार ४०० जना स्थानीयले ६ लाख ३४ हजार कित्ताका लागि आवेदन दिएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।