image
image

नेपाल फाइनान्स लिमिटेडको ११ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौँ, २०, पुस । आज पुस २० गतेबाट नेपाल फाइनान्स लिमिटेडको ११ लाख बढी कित्ता सेयर बिक्रीमा  राखिएको छ। 

कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री हुन नसकेको हकप्रद सेयर कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा राखेको थियो। त्यस अवधिमा बिक्री हुन नसकेको ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर कम्पनीले फेरि लिलामीमा राखिएको हो। 

यो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल र नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा तथा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीबाट पनि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ४ गतेसम्म तोकिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।