सेयर बजारले २१ सय नाघ्यो, १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो
काठमाडौँ, २०, पुस । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । केही दिन यता बढिरहेको बजारमा हिजो भने करेक्शन आएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६४.८७ अंकले बढेको हो । ३.१५ प्रतिशतले बजार बढ्दा नेप्से २१ सय अंक पार गर्दै अघि बढेर २१२५.९४ अंकमा पुगेको छ ।
आज २५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३० करोड ११ लाख ४२ हजार ९७.४३ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार उच्च अंकले बढेको दिन विभिन्न ३० कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । आज १५ वटा कम्पनीबाहेक सबैको शेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।
हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९ सय २८.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार बजार १७.२६ अंकले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १०.१९ रु









