image
image

शेयर बजार १८ अङ्कले बढ्यो, ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौँ, २१, पुस । शेयर बजारको उकालो यात्रा आज बिहीवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ । 

आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

आज कारोबार पनि रकम निकै बढेको छ । दुई सय ५९ वटा कम्पनीका एक करोड २५ लाख ८१ हजार कित्ता शेयर पाँच अर्ब चार करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड र रिडी हाइड्रोको २१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । 

आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।