पाँच महिनामा लघु बीमालेख बिक्री,कति ?
काठमाडौँ, २२, पुस । चालु आर्थिक वर्षको पाँच महिना ९मंसिर० सम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले करिब एक अर्बको लघु बीमालेख बिक्री गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ९५ करोड ३१ लख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३ करोड १२ लाख रुपैयाँ गरी ९८ करोड ४३ लाख रुपैयाँ लघु बीमालेख बिक्री गरी बीमाशुल्क आर्जन गरेका हुन् ।
यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क ७५ अर्ब ४९ करोड ४६ लाख रुपैयाँको १.३० प्रतिशत हुन आउँछ ।
मंसिरसम्ममा जीवन बीमा कम्पनीहरुले ४३ लाख ५७ हजार ८६ वटा लघु जीवन बीमालेख र निर्जीवन बीमा कम्पनीहरुले १५ हजार ८५ वटा लघु बीमालेख गरी कुल ४३ लाख ७२ हजार १७१ वटा लघु बीमालेखहरु बिक्री गरेका छन् ।
यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल १ करोड ५१ लाख ३३ हजार ७६९ बीमा लेखको २८.८९ प्रतिशत हुन आउँछ ।









