image
image

नेपालमा ५ महिनामा विदेशबाट २४ करोडको डाइपर भित्रियो

काठमाडौँ, २४, पुस । चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ८४ करोड ७२ लाख रुपैयाँको डाइपर भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको डाइपर भित्रिएको हो । विदेशबाट ५ करोड ११ लाख ३८ हजार पिस डाइपर भित्रिएको विभागले जनाएको छ । यसबात आयातकर्ताले राज्यलाई २४ करोड ९२ लाख रुपैयाँ राजस्व बुझाएका छन् । नेपालमा विश्वका ६ वटा देशबाट डाइपर आयात हुँदै आएको छ ।

विभागका अनुसार भारत र चीनबाट सबैभन्दा धेरै डाइपर आउने गरेको छ । भारतबाट ७६ करोड ५ लाखको डाइपर भित्रिँदा चीनबाट ८ करोड ६३ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस्तै, सर्वियाबाट ३ लाख ७४ हजार रुपैयाँको डाइपर भित्रिएको तथ्यांक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।