image
image

वैदेशिक रोजगारीमा रहेकालाई मायाखोलाको सेयर बाँडफाँड

काठमाडौँ, २४, पुस । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका आवेदकलाई छुट्याइएको सेयर बाँडफाँड गरिएको छ । एक सय रुपैयाँ अंकित दरका दुई लाख ४० हजार कित्ता सेयर बाँडफाँड भएको हो । सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट जम्मा आठ हजार आठ सय सातजना आवेदकबाट सात लाख ७४ हजार दुई सय ३० कित्ता सेयरका लागि आवेदन प्राप्त भएको प्रभु क्यापिटलले जनाएको छ । 

जसमध्ये ४७ हजार तीन सय ६० कित्ता सेयरका लागि परेका आवेदन भएको जनाइएको छ । बाँकी रहेका आठ हजार दुई सय ५७ आवेदकबाट प्राप्त सात लाख २६ हजार आठ सय ४० कित्ता सेयरको आवेदन दिन १० कित्तादेखि ३० कित्ता आवेदकलाई मागबमोजिम तथा ४० कित्तादेखि ६ हजार तीन सयसम्म आवेदन दिने आवेदकलाई ३० कित्ताका दरले सबै आवेदकलाई दुई लाख ४० हजार कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।