image
image

सुनको मूल्य तोलाको एक लाख तीन हजार तीन सय पुग्यो

काठमाडौँ, २४, पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले बढेर प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।